पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
ratopati.com · Thu Jun 25 08:45:45 GMT 2026

न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको भाउ ओरालो लागिरहेको छ । पश्चिम एसियाबाट तेल आपूर्ति बढ्ने अपेक्षा बलियो बन्दै जाँदा कच्चा तेलको मूल्य लगातार ओरालो लागेको छ । विश्लेषकहरूका अनुसार आपूर्ति बढ्ने संकेतले मागसम्बन्धी चिन्ताभन्दा बढी प्रभाव पारेपछि मूल्यमा गिरावट आएको हो ।
बिहीबार कारोबारका क्रममा लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा अगस्ट डेलिभरीको ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १ डलर शून्य ६ सेन्टले घटेर ७२ डलर ६८ सेन्टमा झरेको छ । यो अघिल्लो दिन बजार बन्द हुदाको तुलनामा १ दशमलव ४४ प्रतिशत कम हो । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजननमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियटको (डब्ल्यूटीआई)को भाउ पनि ७६ सेन्टले घटेर ब्यारेलकै ६९ डलर ५८ सेन्टमा आएको छ । यो अघिल्लो दिन बजार बन्द हुदाको तुलनामा १ दशमलव शून्य ८ प्रतिशत कम हो । बुधबार यता कच्चा तेलको दुबै बेञ्चमार्क फेब्रुअरी २७ यताकै न्यून स्तरमा छन् ।
Read full story at source (ratopati.com)