डेरी उद्योग सङ्घमा निरञ्जन श्रेष्ठको नेतृत्व
ratopati.com · Thu Jun 25 08:49:28 GMT 2026

काठमाडौँ । डेरी उद्योग संघ (डेरी इन्डस्ट्रिज एसोसिएसन) को अध्यक्षमा निरञ्जन श्रेष्ठ चयन भएका छन् । काठमाडौँमा सम्पन्न सङ्घको १७औँ वार्षिक साधारणसभाले सुजल डेरी प्रालि पोखराका सञ्चालक श्रेष्ठको नेतृत्वमा आगामी दुई वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
यसअघि राजधानी डेरी प्रालिका राजकुमार दाहाल अध्यक्ष थिए । त्यसैगरी उपाध्यक्ष पदमा आधुनिक डेरी प्रो.प्रालिका विश्वराज बस्नेत, महासचिवमा जयश्री कृष्ण डेरी उ. प्रालिका सुरज सापकोटा र कोषाध्यक्षमा संयुक्त डेरी फुड प्रालिका कुलप्रसाद घिमिरे चयन भएका छन् ।
Read full story at source (ratopati.com)