बाह्र घण्टापछि सञ्चालन आयो बेनी-जोमसोम सडक
hamrakura.com · Thu Jun 25 00:00:00 GMT 2026
म्याग्दी। सडकमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकमा १२ घण्टापछि यातायात सेवा सञ्चालन भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरमा गए राति विद्युतीय गाडीमाथि ढुङ्गा खसेर च्यापिँदा मुस्ताङस्थित कोरला नाकाबाट विद्युतीय गाडी चलाएर पोखरातर्फ जाँदै गरेका वीरगञ्ज महानगरपालिकाका २३ वर्षीय सोहिल मियाको मृत्यु हुनुका साथै सडक अवरुद्ध बनेको थियो ।
Read full story at source (hamrakura.com)