ऐतिहासिक विजयको वार्षिकोत्सव मनाइरहेको समयमा वेनेजुएलामा भूकम्प, अधिकांश मानिस थिए घरमै
kalakarmi.com · Thu Jun 25 09:42:12 GMT 2026

काराकास- दक्षिण अमेरिकी राष्ट्र वेनेजुएलामा बुधवार साँझ लगातार दुई शक्तिशाली भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको छ। स्थानीय समयअनुसार साँझ ६:०४ बजे ७.२ र त्यसको करिब ४० सेकेन्डपछि ६:०५ बजे ७.५ म्याग्निच्युडका भूकम्प आएका हुन्। यी भूकम्पहरू भारतमा बिहीबार बिहान ३: ३४ र ३:३५ बजे महसुस गरिएका थिए।
भूकम्प आएको दिन देशभर राष्ट्रिय बिदा रहेकाले विद्यालय तथा कार्यालयहरू बन्द थिए र अधिकांश मानिस आफ्नै घरमा रहेका थिए। यसले प्रभावित क्षेत्रहरूमा जोखिम अझ बढाएको बताइएको छ।
Read full story at source (kalakarmi.com)