एमओयुसँग विरोधाभासपूर्ण अभिव्यक्ति सार्वजनिक नगर्न इरानको आवाह्न
gorkhapatraonline.com · Thu Jun 25 09:47:19 GMT 2026

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिकी सरकारलाई भर्खरै हस्ताक्षर गरिएको इरान-हमेरिका. शान्ति समझदारी ज्ञापनपत्र (एमओयू)सँग विरोधाभासपूर्ण अभिव्यक्ति दिनबाट टाढा रहन आह्वान गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल एक्समार्फत टिप्पणी गर्दै एमओयूको प्रावधानको सम्बन्धमा अमेरिकी अधिकारीले गरेको “विरोधाभासी” बयानको निन्दा गर्नुभएको छ । उहाँले यस्ता टिप्पणीले इरानीको “सञ्चित अविश्वास”लाई कम गर्न मद्दत नगरी केवल विगतका प्रतिज्ञाको उल्लङ्घनको सम्झना दिलाउने काम गर्ने चेतावनी दिनुभएको छ ।
Read full story at source (gorkhapatraonline.com)