गर्मी बढेपछि हुम्लाका चौँरीगाई उच्च पाटनतर्फ सारिए
gorkhapatraonline.com · Thu Jun 25 09:46:31 GMT 2026

हिमाली जिल्ला हुम्लाका उच्च स्थानमा पालिँदै आएका चौँरीगाईलाई अझै उच्च पाटनतर्फ लगिएको छ । ती उच्च पाटनमा नयाँ घाँस पलाउन थालेको र यसअघि पालिँदै आएको स्थानमा गर्मी बढेकाले चौँरीगाईलाई लेकतिर लागिएको हो ।
नाम्खा गाउँपालिकाका सबै उच्च क्षेत्रका बस्तीमा पालिँदै आएका चौँरीगाईलाई पाटनतर्फ लगिएको नाम्खा गाउँपालिका–६, हिमालपारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । यसअघि लिमीका हल्जी र तिल गाउँमा पालिएका चौँरीगाईलाई यतिबेला बुकी फुल्ने उच्च पाटनमा लगिएको उहाँले जानकारी दिनुभयो । लिमीमा हाल दुई सय चौँरीगाई रहेको र ती सबैलाई उच्च पाटनमा लगिएको वडाध्यक्ष तामाङको भनाइ छ ।
Read full story at source (gorkhapatraonline.com)