नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान
barnanmedia.com · Sat Aug 29 08:08:59 GMT 2026
बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित बालबालिकाका लागि अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान सञ्चालन गरिने भएको छ । प्रतियोगिताको बाँकी खेलमा प्रवेश शुल्क नलिने र मैदानमा आउने दर्शकबाट स्वेच्छिक रूपमा सहयोग रकम सङ्कलन गरिने आयोजक नर्दन टेरिटोरी क्रिकेटले जनाएको छ ।
“एनटी टप एन्ड टी-२० सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश शुल्क लाग्ने छैन । मैदान प्रवेश गर्दा दर्शकहरूलाई स्वेच्छिक रूपमा सहयोग रकम दिन आग्रह गरिएको छ । आज राति हुने नेपाल र भिक्टोरियाबीचको खेलमा थप सहयोग रकम जुटाउन नेपाली टोलीका खेलाडीहरूले हस्ताक्षर गरेका क्रिकेट ब्याटको र्याफल (गोलाप्रथा) समेत गरिनेछ”, नर्दन टेरिटोरी क्रिकेट (एनटी स्ट्राइक) ले आज सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएको छ ।
Read full story at source (barnanmedia.com)