चीनद्वारा इन्टरनेट प्रविधिको नयाँ परीक्षण उपग्रह सफल प्रक्षेपण
ratopati.com · Mon Jun 01 15:46:14 GMT 2026

काठमाडाैँ । चीनले इन्टरनेट तथा सञ्चार प्रविधिको विकासलाई थप सुदृढ बनाउने उद्देश्यसहित नयाँ परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। आइतबार बिहान दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट उक्त उपग्रह प्रक्षेपण गरिएको हो।
चिनियाँ समयअनुसार बिहान २ बजेर ७ मिनेटमा वाहक रकेटमार्फत प्रक्षेपण गरिएको उपग्रह निर्धारित कक्षामा सफलतापूर्वक स्थापित भएको चिनियाँ अन्तरिक्ष निकायले जनाएको छ । प्रक्षेपण प्रक्रिया पूर्ण रूपमा सफल रहेको र उपग्रहले आफ्नो प्रारम्भिक कार्य सञ्चालन सुरु गरिसकेको बताइएको छ।
Read full story at source (ratopati.com)