झापा गाउँपालिकाः बीस वर्षपारि विवाह गर्ने किशोरीलाई प्रोत्साहन
barnanmedia.com · Thu Jun 25 11:29:40 GMT 2026

झापा गाउँपालिकाले २० वर्ष उमेर पूरा भएपछि मात्र विवाह गर्ने किशोरीलाई प्रोत्साहन स्वरुप रु १० हजार नगद प्रदान गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, बजेट तथा वार्षिक कार्यक्रमअन्तर्गत बालविवाह अन्त्यका लागि २० वर्षपारि विवाह गर्ने किशोरीलाई प्रोत्साहन गर्ने नीति ल्याएको हो ।
“सानै उमेरको विवाहले किशोरीहरूको स्वास्थ्य, शिक्षा, मानसिक विकास र समग्र भविष्यमा नकारात्मक असर पार्छ”, गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले भन्नुभयो, “यसलाई रोक्न प्रोत्साहन भत्ताको व्यवस्था गरिएको हो ।” आदिवासीको बाहुल्य बसोबास रहेको यस पालिकामा जरा गाडेर बसेको बालविवाहको कुप्रथालाई न्यूनीकरण तथा अन्त्य गर्नका लागि आगामी आर्थिक वर्षको बजेटमा रु २० लाख रकम विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जसबाट करिब २०० किशोरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अनुमान गरिएको छ ।
Read full story at source (barnanmedia.com)