असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान
annapurnapost.com · Thu Jun 25 12:06:02 GMT 2026

काठमाडौं : नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते राष्ट्रिय धान दिवसका अवसरमा ७५ लाख लिटर दही खपत हुने अनुमान गरेको छ।
बिहीबार काठमाडौंमा दही चिउरा प्रवर्द्धन कार्यक्रमको आयोजना गर्दै एसोसिएसनले असार १५ गते राष्ट्रिय धान दिवसका अवसरमा ७५ लाख लिटर दही खपत हुने र यसबाट करिब एक अर्ब बराबरको कारोबार हुने अनुमान गरिएको जनाएको हो। कार्यक्रममा डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले असार १५ जस्ता मौलिक पर्वहरूले नेपाली कृषि संस्कृति र स्वदेशी उत्पादन बीचको अन्तर्सम्बन्धलाई अझ बलियो बनाउने अवसर प्रदान गर्ने बताए।
Read full story at source (annapurnapost.com)