होल्डिङ सेन्टर छोड्न सरकारको निर्देशनपछि सुकुम्बासी चिन्तामा, २५ हजार लिएर ५ दिनमा कहाँ जाने ?
clickmandu.com · Thu Jun 25 12:21:17 GMT 2026

काठमाडौं । वागमती करिडोर क्षेत्रबाट विस्थापित भएर होल्डिङ सेन्टरमा अस्थायी बसोवास गरिरहेका सुकुम्बासीहरू सरकारले ठाउँ छोड्न निर्देशन दिएपछि समस्यामा परेका छन् । सरकारले ५ दिने सूचना जारी गर्दै उनीहरूलाई होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको हो ।
सरकारले सुकुम्बासीहरूलाई २५ हजार रुपैयाँ दिएर आवासको व्यवस्थापन आफैं गर्न भनेको छ । ३ महिनाभित्र सुकुम्बासी समस्या समाधान गर्ने आश्वासन दिएको सरकारले अहिले २५ हजार रुपैयाँ दिएर होल्डिङ सेन्टर छोड्न दबाब दिएपछि उनीहरू चिन्तित भएका हुन् । सरकारले दिएको ५ दिने समयसीमा शुक्रबार सकिँदैछ, तर उनीहरूले अहिलेसम्म बस्नका लागि कतै आवासको व्यवस्था मिलाउन सकेका छैनन् ।
Read full story at source (clickmandu.com)