बाढी प्रभावित क्षेत्रमा सडक सञ्चालन र शव व्यवस्थापनमा तदारुकता देखाउन आग्रह [भिडियो]
hamrakura.com · Sat Aug 29 00:00:00 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले बाढी र पहिरोका कारण अवरुद्ध सडक सञ्चालन, राहत तथा उद्धार र शव व्यवस्थापनको कार्यमा उच्च तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँगको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रभावित क्षेत्रको पछिल्लो वस्तुस्थितिबारे जानकारी गराए। नेता आङ्देम्बेले बाढी प्रभावित क्षेत्रमा सडक पिच भएको भए पनि लेदो र माटो थुप्रिएका कारण यातायात सेवा पूर्ण रूपमा ठप्प रहेको बताए।
Read full story at source (hamrakura.com)