बाढी प्रभावित समुदायका लागि बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा
annapurnapost.com · Sat Aug 29 08:21:23 GMT 2026

काठमाडौं : चौधरी फाउन्डेसन र नबिल बैंकले भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यस दुःखद् विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता प्रकट गरेका छन्। चौधरी फाउन्डेसन र नबिल बैंकले बाढीबाट प्रभावित समुदायलाई राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने साझा प्रतिबद्धतासहित बहुचरणमा कार्यान्वयन गरिने बृहत् राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन्। यस कार्यक्रमको अनुमानित लागत करिब १५ करोड रुपैयाँ रहेको छ।
यस पहलमार्फत बाढी प्रभावित परिवारका तत्कालीन आवश्यकतालाई सम्बोधन गर्नुका साथै उनीहरूलाई आपत्कालीन राहतबाट सुरक्षित आवास, पुनर्स्थापना तथा दीर्घकालीन सामुदायिक उत्थानशीलतातर्फ अघि बढ्न आवश्यक सहयोग उपलब्ध गराइनेछ। कार्यक्रमको पहिलो चरणअन्तर्गत चौधरी फाउन्डेसन र नबिल बैंकले प्रभावित परिवारलाई खाद्यान्न, आवश्यक खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएका छन् । यो कार्यलाई निरन्तरता दिनेछन्। राहत प्याकेजमा तयार खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, तिरपाल, व्यक्तिगत सरसफाइका सामग्रीलगायत अत्यावश्यक वस्तुहरू समावेश छन्। पहिलो चरणअन्तर्गतका राहत सामग्री भदौ ११ गतेदेखि प्रभावित क्षेत्रमा पुर्याउन थालिएको हो। यस कार्यका लागि चौधरी फाउन्डेसन र नबिल बैंकका कर्मचारीहरू स्थानीयस्तरमा परिचालित भइसकेका छन्।
Read full story at source (annapurnapost.com)