प्रारम्भिक बाल विकासमा लगानी गर्न मुख्यमन्त्री कार्कीको जोड
barnanmedia.com · Thu Jun 25 12:50:20 GMT 2026

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् ।कोसी प्रदेश संरचनामा प्रारम्भिक बाल विकासका लागि संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले घरका साना बालबालिकाले राम्रो शिक्षा–दीक्षा प्राप्त गर्न सके परिवारमा खुसीयाली र सकारात्मक वातावरण सिर्जना हुने बताए ।
उनले बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि प्रारम्भिक बाल विकासलाई प्राथमिकतामा राख्न आवश्यक रहेको उल्लेख गरे । बालबालिकामा गरिएको लगानीले दीर्घकालीन रूपमा समाज र राष्ट्रलाई नै लाभ पुग्ने उनको भनाइ थियो ।
Read full story at source (barnanmedia.com)