झुट्टा विवरणका आधारमा नागरिकता सिफारिस गरेको आरोपमा मोरङमा वडाध्यक्षसहित दुईजना पक्राउ
nepalpress.com · Thu Jun 25 13:24:47 GMT 2026

विराटनगर । झुट्टा विवरणका आधारमा अङ्गीकृत नेपाली नागरिकताका लागि सिफारिस गरेको आरोपमा मोरङको रङ्गेली नगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रङ्गेली नगरपालिका–५ का वडाध्यक्ष महानन्द मण्डल र सोही वडाका वडा सदस्य गणेश ऋषिदेव रहेका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मनुवाकुमार महतोले आफ्नी आमा अधनुनिया महतो रहेको भनी झुट्टा विवरण पेश गरेको र सोही आधारमा अङ्गीकृत नेपाली नागरिकताका लागि सर्जमिन सिफारिस गरिएको आरोप छ ।
Read full story at source (nepalpress.com)