सेतो गवारोको सङ्क्रमण बढ्यो, कफी किसान चिन्तित
nagariknews.nagariknetwork.com · Thu Jun 25 13:32:10 GMT 2026

“लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो। वर्षौंसम्म आफूले मेहनत गरेर हुर्काएका बोटहरु काट्नुपर्दा मन निरास भयो। कफीखेती कसरी जोगाउने भन्ने चिन्ताले मन पिरोलिरहेको छ”, गुल्मीको रुरुक्षेत्र गाउँपालिका-१ भड्कुवाकी कफी किसान कृषक माया भट्टराईले भनिन्।
यो उनको मात्र पीडा होइन। कफीको जननी जिल्ला भनेर चिनिने गुल्मीसहित अर्घाखाँची र प्यूठानका सयौँ किसान अहिले यस्तै पीडामा छन्। रोगकीराको सङ्क्रमण, गुणस्तरीय बिरुवाको अभाव, प्राविधिक ज्ञानको कमी, सिँचाइ र बजार व्यवस्थापनलगायत चुनौतीले पछिल्लो समयमा कफी किसान चिन्तित बन्दै गएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)