स्वास्थ्यमन्त्री मेहतासँग चीनका राजदूतको भेटवार्ता
ratopati.com · Mon Jun 01 18:27:29 GMT 2026

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि चिनियाँ राजदूत चाङ माउमिङ्गले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरवारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच दुई देशबिचको घनिष्ठ सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।
मन्त्री मेहताले चीन सरकारले नेपाललाई पुर्याउँदै आएको सहयोग र स्वास्थ्य क्षेत्रका विभिन्न परियोजनामा भएको सहयोगको प्रशंसा गरिन । उनले चीनले गरेको विकासबाट नेपालले पाठ सिकेर योजनासहित काम गर्ने बताइन् ।
Read full story at source (ratopati.com)