पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित
ratopati.com · Thu Jul 16 23:54:31 GMT 2026

धनुषा । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ । समयमै पानी नपरेपछि खेत चिरा पर्न थालेका छन् भने सिँचाइ सुविधा नभएका क्षेत्रका किसान धान रोप्न नपाएर चिन्तित बनेका छन् ।
असारको अन्त्यसम्म पनि पर्याप्त वर्षा नहुँदा अधिकांश किसानले तयार पारेको धानको बेर्ना खेतमै पहेँलिन थालेको छ । सिँचाइको सुविधा नभएका गाउँमा किसान आकासे पानीकै भरमा खेती गर्ने भएकाले यस वर्ष धान उत्पादन घट्ने चिन्ता बढेको छ ।
Read full story at source (ratopati.com)