श्रम कानुन कार्यान्वयनमा विभागको कडाइ: निजी अस्पताल र वित्तीय संस्थामा श्रम शोषण भएको निष्कर्ष
lokaantar.com
सरकारले श्रम ऐन र नियमावलीको पालना नगर्ने प्रतिष्ठानहरूमाथि निगरानी र कारबाही प्रक्रियालाई तीव्र बनाएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पछिल्लो समय गरेको सघन अनुगमनका क्रममा विशेषगरी निजी अस्पताल, बैंक तथा वित्तीय संस्थाहरूमा श्रम कानुनको व्यापक उल्लंघन भइरहेको फेला पारेको छ ।
विभागका अनुसार, पछिल्लो समय केही निजी अस्पतालहरूको अनुगमन गर्दा चिकित्सक, स्वास्थ्यकर्मी तथा आपूर्ति (आउटसोर्सिङ) मार्फत कार्यरत श्रमिकहरूलाई ओभरटाइम बापतको पारिश्रमिक नदिने, लगातार लामो समय काममा लगाउने र सरकारले तोकेको न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराउने गरेको पाइएको छ । यस्तो लापरबाही गर्ने अस्पतालहरूलाई विभागले निश्चित समयसीमा तोकेर सुधार गर्न निर्देशन दिएको छ ।
Read full story at source (lokaantar.com)