आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीले फिर्ता लिए राजीनामा
baahrakhari.com · Thu Jun 25 14:19:31 GMT 2026

सुर्खेत । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा सेवा–सुविधा वृद्धि तथा विभेद अन्त्यको माग राख्दै आन्दोलनमा उत्रिएका करार स्वास्थ्यकर्मी र नगरपालिकाबीच सहमति भएको छ । सहमतिसँगै स्वास्थ्यकर्मीहरूले सामूहिक रूपमा दिएको राजीनामा फिर्ता लिएका छन् । अब स्थगित स्वास्थ्य सेवा पुनः नियमित रूपमा सञ्चालन हुने भएको छ ।
आठबिसकोट नगर अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत करार स्वास्थ्यकर्मीहरूले तलब–भत्ता, अतिरिक्त सेवा भत्ता तथा जोखिम भत्ता वृद्धि गर्न माग गर्दै आन्दोलन गरेका थिए । माग सम्बोधनका लागि दबाब सिर्जना गर्न उनीहरूले असार १० गते सामूहिक राजीनामा दिएका थिए । त्यसपछि नगरपालिकाका प्रतिनिधि र स्वास्थ्यकर्मीबीच भएको छलफलबाट चारबुँदे सहमति जुटेको हो ।
Read full story at source (baahrakhari.com)