तीन दिनपछि खुल्यो तातोपानी नाका, धमाधम भित्रिन थाले कन्टेनर
kendrabindu.com · Fri Jul 17 00:35:30 GMT 2026

काठमाडौं । तीन दिनदेखि अवरुद्ध नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका बिहीबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । सोमबार लिपिङमा पहिरो खस्नुका साथै इको र डाक्लाङ क्षेत्रमा सडक भासिएपछि अवरुद्ध बनेको कोदारी सडकखण्ड मर्मतसँगै नाका सञ्चालनमा आएको हो ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यसमिति सदस्य राजेश भण्डारीका अनुसार लिपिङ, डाक्लाङ र इको क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा आएपछि कन्टेनर आवतजावत सुरु भएको छ । ‘साँझ सडक खुलेपछि नाका सञ्चालनमा आएको हो । राति फेरि पहिरो वा सडक भासिने समस्या नआए नियमित रूपमा यातायात सञ्चालन हुनेछ,’ उनले भने ।
Read full story at source (kendrabindu.com)