जापानी प्रधानमन्त्री ताकाइचीको लोकप्रियता ह्वात्तै घट्यो
nepalviews.com · Fri Jul 17 01:07:31 GMT 2026

टोकियो । जापानकी पहिलो महिला प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारको लोकप्रियतामा पहिलो पटक ५० प्रतिशतभन्दा तल झरेको छ। गत अक्टोबरमा सत्ता सम्हालेयता पहिलो पटक उनको सरकारको समर्थनमा यति ठूलो गिरावट देखिएको हो।
जिजी प्रेसले बिहीबार सार्वजनिक गरेको पछिल्लो सर्वेक्षणअनुसार ताकाइची मन्त्रिपरिषद्प्रति समर्थन ४९ प्रतिशतमा सीमित भएको छ। विशेषगरी ६० देखि ७० वर्ष उमेर समूहका मतदातामा उनको लोकप्रियता ह्वात्तै घटेको छ। अघिल्लो महिना ६३.७ प्रतिशत रहेको यो उमेर समूहको समर्थन अहिले ३९.९ प्रतिशतमा झरेको छ।
Read full story at source (nepalviews.com)