जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
clickmandu.com · Fri Jul 17 01:15:19 GMT 2026

एजेन्सी । जापानी प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारको लोकप्रियता पहिलो पटक ५० प्रतिशतभन्दा तल झरेको छ । अक्टोबरमा सत्तामा आएयता बिहीबार प्रकाशित एक सर्वेक्षणले लोकप्रियता दर निकै घटेको देखाएको हो ।
जिजी प्रेसको सर्वेक्षणअनुसार अहिले ताकाइचीको मन्त्रिपरिषद्प्रति समर्थन ४९ प्रतिशत मात्र देखिएको छ । उहाँको सरकारप्रतिको समर्थनमा सबैभन्दा ठूलो गिरावट ६० देखि ७० वर्ष उमेर समूहका मतदातामा देखिएको छ, जसको समर्थन गत महिनाको ६३.७ प्रतिशत रहेकोमा अहिले घटेर ३९.९ प्रतिशतमा झरेको छ।
Read full story at source (clickmandu.com)