डेसच्याम्प्स र एम्बाप्पेका लागि विशेष हुनेछ विश्वकपकै दु:खी मानिने म्याच
lokaantar.com
विश्वकप सेमिफाइनलमा व्यहोरेको बिर्सनलायक पराजयको चोटलाई भुल्दै फ्रान्स र इङ्गल्याण्ड आइतबार बिहान तेस्रो स्थानको खेलका लागि मैदान उत्रँदै छन् । फ्रान्सेली टोलीका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सको यो अन्तिम खेल हुनु र स्टार स्ट्राइकर किलियन एम्बाप्पे ऐतिहासिक कीर्तिमानको नजिक हुनुले सामान्यतया कम महत्त्व दिइने र विश्वकपकै दुखी मानिने खेल पनि निकै अर्थपूर्ण र रोचक बन्ने देखिएको छ । खेलमा दुवै टोलीले आफ्नो सुरुवाती ११ मा व्यापक परिवर्तन गर्ने सम्भावना बलियो छ।
गत मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा स्पेनसँग २–० ले पराजित हुँदै फ्रान्सको लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने सपना चकनाचूर भएको थियो। त्यसको भोलिपल्ट अर्को सेमिफाइनलमा इङ्गल्याण्डले पनि अर्जेन्टिनासँग २–१ को पीडादायी हार बेहोरेको थियो । मियामीमा हुने खेलसँगै ५७ वर्षीय प्रशिक्षक डेसच्याम्प्सको १४ वर्ष लामो ऐतिहासिक कार्यकालको सुखद अन्त्य हुनेछ।
Read full story at source (lokaantar.com)