रेफ्रिमाथि खनिदै ए डिभिजन लिग क्लबहरु
nepalpress.com · Sun Jun 04 17:35:35 GMT 2023
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग समापन नजिक पुग्दा लिग विजेता र रेलिगशेनबाट जोगिन संघर्षरत टिमबीचको लडाई रोचक देखिएको छ । सबै क्लबहरु दबाबमा रहेकाले त्यसको मार रेफ्रीमाथि परेको छ ।
आईतबार च्यासल रंगशालामा उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको मच्छिन्द्र फुटबल क्लबले नेपाल पुलिस क्लबसँग २-१ गोलको हार बेहोरेपछि रेफ्री प्रञ्जल क्षेत्रीले पेनाल्टी नदिएको भन्दै विवादमा उत्रिएको थियो । मच्छिन्द्रका आषिश श्रेष्ठ रेफ्री क्षेत्रीमाथि हातपात गर्न गएसँगै रातो कार्डको दर्शन गर्दै बाहिरिएका थिए ।
Read full story at source (nepalpress.com)