आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन, वार्षिक वृद्धिदर भने ५ प्रतिशतमा सीमित
aarthiknews.com

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को अन्तिम तीन दिनमा संघीय सरकारले ५० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्षको अन्तिम दिन बिहीबार मात्रै १६ अर्ब ५० करोड रुपैयाँ, बुधबार २१ अर्ब १७ करोड रुपैयाँ र मंगलबार १२ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन भएको हो।
हरेक वर्ष आर्थिक वर्षको अन्तिम समयमा करदाता तथा सरकारी निकायले भुक्तानी र राजस्व दाखिला गर्ने क्रम बढ्ने भएकाले अन्तिम केही दिनमा राजस्व संकलन उल्लेख्य हुने गरेको छ। यद्यपि, गत आर्थिक वर्षको यही अवधिमा भने तीन दिनमै ६४ अर्ब रुपैयाँ राजस्व उठेको थियो, जुन यस वर्षको तुलनामा बढी हो।
Read full story at source (aarthiknews.com)