राष्ट्रपति ट्रम्प र जेलेन्स्कीबीच टेलिफोन वार्ता, यसैवर्ष शान्ति स्थापना हुनेमा विश्वास
nepallive.com · Thu Mar 20 04:31:17 GMT 2025
एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच टेलिफोन वार्ता भएको छ । वार्तापछि जेलेन्स्कीले यसैवर्ष शान्ति प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति ट्रम्पसँग सकारात्मक फोनवार्ता भएको उल्लेख गर्दै जेलेन्स्कीले यसैवर्ष शान्ति स्थापना हुने बताएका हुन् ।
अनतर्राष्ट्रिय सञ्चार माधयमका अनुसार ट्रम्पले पनि जेलेन्स्कीसँगको फोनवार्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीमा केन्द्रित रहेको जानकारी दिएका छन् । पुटिनले पूर्ण युद्धविराम प्रस्तावलाई अस्विकार गरेपनि ट्रम्पले संवाद अझै नटुटेको र आइतबार फेरि कुराकानी हुने बताएका हुन् ।
Read full story at source (nepallive.com)