‘मिडियाप्रति भरोसा बढाउन संयमित र सन्तुलित हुनु जरुरी छ’
merolifestyle.com · Tue Nov 15 11:45:00 GMT 2022
प्रेस काउन्सिल नेपालले गरेको निर्वाचनकेन्द्रित आचारसंहिता अनुगमनका क्रममा ८४ वटा समाचार माध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको पाएको जनाएको छ ।
काउन्सिलद्वारा जारी प्रेस विज्ञप्तिमा यही कात्तिक २९ गते बेलुका ५ः०० बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार अनुगमनको दायरामा रहेकामध्ये १५ वटा छापा माध्यम, ५ वटा टेलिभिजन, २० वटा रेडियो, ४४ वटा अनलाइन गरी ८४ वटा सञ्चार माध्यम र ५ वटा वेबपोर्टलबाट निर्वाचन आचारसंहिताप्रतिकूल समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरेको जनाइएको छ ।
काउन्सिलले ६ वटालाई निर्देशन, ४६ वटालाई ध्यानाकर्षण, १८ वटालाई सचेत र ११ वटा सञ्चार माध्यमलाई स्पष्टीकरण सोएको छ । दर्ता/सूचीकरण नभएका ५ वटा न्यूज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेएको छ भने ३ वटा अनलाइन मिडियालाई फोन सम्पर्क गरी ध्यानाकर्षण गराएको जनाएको छ । यस्तै काउन्सिलले मिडियाअन्तर्गतको केही सामाजिक सञ्जाललाई उजुरीका आधारमा ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा सरकारी र निजी दुवै क्षेत्रका सञ्चार माध्यम आचारसंहिता उल्लङ्घनका नयाँ नयाँ प्रवृत्तिहरू देखिएको काउन्सिलले जनाएको छ । सरकारी सञ्चार माध्यमको दुरुपयोग गर्दै कुनै दल तथा उम्मेदवारको विषयमा मात्र एकपक्षीय रूपमा सामग्री सम्प्रेषण गरेको बारेमा परेको उजुरीउपर सुनुवाइ गरी काउन्सिलले नेपाल टेलिभिजनसँग ‘भिडियो फुटेज’ का लागि पत्राचार गरी सो सम्बन्धमा अनुगमन गरिरहेको छ ।
निश्चित विधि, प्रक्रिया र आधार विनाको सर्वेक्षणले एउटा समाचार त बन्ला तर त्यो कतिको विश्वसनीय हुन्छ भन्ने प्रश्न चाहिँ उठिरहन्छ । त्यसैले मिडियाप्रति भरोसा बढाउनकै लागि संयमित र सन्तुलित हुनु जरुरी छ ।
आमसञ्चार माध्यममा निर्वाचनका सन्दर्भमा देखिएका आचारसंहिता उल्लङ्घनका विषयलाई वर्गीकरण÷मूल्याङ्कनका साथै लोककल्याणकारी भुक्तानीका लागि आधारको रूपमा लिनेगरी अभिलेखीकरण गर्ने निर्णय भएको हुँदा सोको जानकारी गराइन्छ । पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) र निर्वाचन आचारसंहित निर्वाचन आचारसंहिता, २०७९ मा मतदान कार्य सकिनुअधि नै मत सर्वेक्षण तथा विश्लेषण गर्न नहुने र विज्ञापन सम्प्रेषण गर्दा साइज, समयमा ध्यान दिइ सःशुल्क उल्लेख गर्नुपर्ने सम्बन्धमा निर्वाचन आचारसंहितामा स्पष्ट रुपमा उल्लेख छ । अतः यस्ता सबै प्रावधानतर्फ विशेष ध्यान दिइ समाचार, विज्ञापन सम्प्रेषण गर्न/गराउन काउन्सिल सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जालका प्रयोगकर्ताहरूको ध्यानाकर्षण गराइन्छ । –जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैबिच काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बेला मतदाताका लागि सञ्चार माध्यम झन् बढी जिम्मेवार र भरोसायोग्य बन्नुपर्ने बताएका छन् । ‘यस्तो बेला मिडियाका विषयवस्तु सन्तुलित, तथ्यपूर्ण र विश्वसनीय हुनुपर्छ । पक्षधरता लिनै हुँदैन । जे हो त्यो प्रस्तुत गर्न सकेन भने मिडियालाई पत्याउँदैनन्’, अध्यक्ष बस्नेतले भने ‘निश्चित विधि, प्रक्रिया र आधार विनाको सर्वेक्षणले एउटा समाचार त बन्ला तर त्यो कतिको विश्वसनीय हुन्छ भन्ने प्रश्न चाहिँ उठिरहन्छ । त्यसैले मिडियाप्रति भरोसा बढाउनकै लागि संयमित र सन्तुलित हुनु जरुरी छ ।’
यो पनि…
‘चुनावका बेला मिथ्या सूचनालाई कुनै हालतमा स्थान दिनुहुँदैन’
प्रेस काउन्सिलको ध्यान सामाजिक सञ्जालतिर
Leave a Reply Cancel reply
Your email address will not be published. Required fields are marked *
प्रतिकृया *
Save my name, email, and website in this browser for the next time I comment.
Read full story at source (merolifestyle.com)