सुदूरपश्चिम विश्वविद्यालयद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय
ratopati.com · Sat Aug 29 08:52:07 GMT 2026

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा,नुवाकोट,धादिङ,गोर्खा लगायतका जिल्लाका तटीय क्षेत्रमा भएको ठुलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विश्वविद्यालयले राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हाे । विश्वविद्यालयले करिब ८८ लाख रुपैयाँ जम्मा हुने अपेक्षा गरेको छ।
Read full story at source (ratopati.com)