त्रिशूली ३ 'बी' मा फसेकाहरूको भएन उद्धार, आफन्त आक्रोशित
annapurnapost.com · Sat Aug 29 08:51:42 GMT 2026

काठमाडौं : तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली जलविद्युत आयोजना ३'बी'मा कार्यरत कर्मचारीहरूको वास्तविक अवस्था चौथो दिनसम्म पनि सार्वजनिक हुन नसक्दा पीडित परिवारजन आक्रोशित बनेका छन्। अन्य प्रभावित क्षेत्रमा खोज तथा उद्धारका समाचार आइरहँदा ३'बी' साइटको आधिकारिक विवरण नआएपछि परिवारले राज्य संयन्त्रको उदासीनतामाथि गम्भीर प्रश्न उठाएका छन्।
निर्माणाधीन ३बी आयोजना स्थलमा कार्यरत बझाङको जयपृथ्वी नगरपालिका–८ स्थायी घर भई हाल चन्द्रागिरी–१० बस्दै आएका ३२ वर्षीय हेमन्तराज जोशी चार दिनदेखि सम्पर्कविहीन छन्। चिलिमे जलविद्युत कम्पनीअन्तर्गतको चेस्कोमा कार्यरत जोशीको स्थिति अज्ञात रहेपछि परिवारजनले तत्काल खोजी एवं उद्धारका लागि सरकारसँग अपिल गरेका छन्।
Read full story at source (annapurnapost.com)