रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
nagariknews.nagariknetwork.com · Fri Jul 17 03:11:00 GMT 2026

रसुवाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन भएको बर्खे आलु बजारमा पुग्न थालेको छ। असारको अन्तिम सातादेखि आलु खन्न सुरु भएसँगै व्यापारीहरू किसानको घरघरमै पुगेर आलु खरिद गर्न थालेका छन्।
आलु उत्पादक किसान योपासाङ थोक्रा तामाङका अनुसार किसानले प्रतिपाथी रु १२० का दरले आलु बिक्री गरिरहेका छन्। यस वर्ष बजारमूल्य राम्रो रहेकाले किसान उत्साहित भएका छन्। अर्का किसान रामकाजी थोक्राले फागुनमा रोपिएको आलु यस वर्ष हिउँदे वर्षा राम्रो भएकाले उल्लेख्य उत्पादन भएको बताए। उत्पादन बढेसँगै किसानले राम्रो आम्दानीको अपेक्षा गरेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)