अटो दुर्घटना : उपचारका क्रममा एकको मृत्यु
gorkhapatraonline.com · Thu Feb 05 17:26:09 GMT 2026

। सल्यानमा भएको अटो दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ मेलचौर निवासी ७८ वर्षीय टकबहादुर रेउले रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरीका अनुसार घाइते रेउलेको नेपालगञ्जस्थित सञ्जीवनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटना गएको सोमबार दिउँसो शारदा नगरपालिका –१ श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा १ ह २१९५ नम्बरको अटो शारदा नगरपालिका–२ खलंगास्थित खानेपानी तथा ऊर्जा विकास कार्यालयको क्वार्टर नजिक दुर्घटना भएको थियो ।
Read full story at source (gorkhapatraonline.com)