स्नान, दान, लुतो फाल्ने परम्परा र शिव आराधनासहित देशभर साउने संक्रान्ति पर्व मनाइँदै [फोटो फिचर]
nepalnews.com · Fri Jul 17 03:59:53 GMT 2026

काठमाडौं। आज साउने संक्रान्ति पर्व देशभर परम्पराअनुसार स्नान, दान, आफन्तसँगको भेटघाट तथा विभिन्न सांस्कृतिक र धार्मिक गतिविधिसहित मनाइँदै छ।
सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने संक्रान्तिका रूपमा मनाउने परम्परा छ। यसै दिनदेखि सूर्यको दक्षिणायन यात्रा सुरु हुने धार्मिक विश्वास रहेको छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई हिन्दू धर्मावलम्बीहरूले विशेष महत्वका साथ मनाउने गर्दछन्।
Read full story at source (nepalnews.com)