सम्पत्ति शुद्धीकरणको अस्त्र
nepalnews.com · Fri Jul 17 04:15:56 GMT 2026

८ असारमा नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सुर्खेतबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गर्यो। अनुसन्धान नगरी पक्राउ गरिएका उनलाई थप अनुसन्धानकै लागि अदालतबाट पाँच पटकसम्म म्याद थप गरेर थुनामा राखियो। ३२ असारमा बल्ल उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको छ। विभागको अनुसन्धान प्रतिवेदनको आधारमा विशेष सरकारी वकिल कार्यालयले २० करोड ९० लाख रुपैयाँ बिगो माग गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो।
गैरकानुनी रूपमा कमाएको कालो धनलाई विभिन्न कारोबार वा प्रक्रियामार्फत सेतो (वैध) बनाउने कार्य सम्पत्ति शुद्धीकरण हो। तर, बिमा र धितोपत्रसम्बन्धी कसुरमा पनि सम्पत्ति शुद्धीकरणसहितको मुद्दा चलाइएको छ। गत २९ जेठमा सम्पत्ति शुद्धीकरण विभागले विवादास्पद व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाललगायत २६ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा एक खर्ब सात अर्ब रुपैयाँभन्दा बढीको बिगो, जरिवाना, कैद मागदाबीसहित मुद्दा दर्ता गरेको छ।
Read full story at source (nepalnews.com)
स्वर्णिम वाग्ले
सपना प्रधान मल्ल
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
छविलाल जोशी