भोटेकोशी बाढी : शव पहिचानमा समस्या
barnanmedia.com · Sat Aug 29 08:54:30 GMT 2026

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान गुमाएकाहरूको शव पहिचानमा समस्या देखिएको छ । बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १०२ शवमध्ये अहिलेसम्म छ शवको मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।
कतिपय शव क्षतविक्षत भएकाले चिन्नै नसिकिने अवस्थामा रहेको उहाँको भनाइ छ । “पहिचान भएका शव आवश्यक कानुनी प्रकृया पूरा गरी आफन्तलाई हस्तान्तरण गर्न सुरु गरिएको छ”, उहाँले भन्नुभयो, “पहिचान हुन नसकेका शवलाई पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापनको काम गर्छौँ ।”
Read full story at source (barnanmedia.com)