एन्डी बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
aarthiknews.com

लन्डन । बेलायतको सत्तारूढ लेबर पार्टीले शुक्रबार विशेष सम्मेलनमार्फत अनुभवी राजनीतिज्ञ एन्डी बर्नह्यामलाई पार्टीको नयाँ नेता तथा देशको आगामी प्रधानमन्त्रीका रूपमा औपचारिक रूपमा पुष्टि गर्दैछ। संसद्मा लेबर पार्टीको स्पष्ट बहुमत रहेकाले उनी सोमबार १० डाउनिङ स्ट्रिटमा प्रवेश गर्दै किर स्टारमरको स्थान ग्रहण गर्ने तयारीमा छन्।
नौ वर्षपछि सांसदका रूपमा पुनरागमन गरेको चार सातामै ५६ वर्षीय बर्नह्याम बेलायतको प्रधानमन्त्री बन्न लागेका हुन्। पछिल्लो एक दशकमा उनी बेलायतका सातौँ प्रधानमन्त्री बन्नेछन्। बेलायती राजनीतिमा आफ्नै दलका नेतामाथि सांसदहरूले दबाब सिर्जना गर्ने परम्पराकै निरन्तरतामा स्टारमरको बहिर्गमनपछि उनी नेतृत्वमा पुगेका हुन्।
Read full story at source (aarthiknews.com)