सहरी क्षेत्रमा कोदो संरक्षण
deshsanchar.com · Mon Aug 19 17:15:09 UTC 2024

भरतपुर (चितवन) – चितवनको भरतपुरमा सहकारीमार्फत रैथाने बाली कोदो संरक्षण गर्न थालिएको छ। भरतपुर महानगरपालिका–९ स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्थाले हराउँदै गएको कोदो उत्पादन गर्न सदस्यहरुमार्फत अभियान सञ्चालन गरेको हो।
सहकारी संस्थामार्फत आइतबार भरतपुर–८ स्थित ज्योति टोलमा सामूहिक रुपमा कोदो रोपिएको छ। सुरुआतमा बाँझो रहेको आठ कट्ठाको प्लटमा कोदो रोपिएको संस्थाका अध्यक्ष बेदप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार किसानलाई रैथाने बाली कोदोप्रति आकर्षित गर्नका लागि पहिलोपटक सामूहिक रुपमा कोदो रोपिएको हो।
Read full story at source (deshsanchar.com)