बागमती प्रदेश: राजीनामाबाट रोकिए मन्त्री
nagariknews.nagariknetwork.com · Fri Jul 17 04:29:54 GMT 2026

बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्री राजीनामा दिनबाट रोकिएका छन्। बिहीबार प्रदेशसभाको मन्त्रीपरिषद् बैठकपछि एमालेका मन्त्रीहरू मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाउने तयारीमा थिए। एमाले केन्द्रबाट निर्देशन आएपछि राजीनामाबाट नगरेर फर्किएका हुन्।
पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालका अनुसार नेपाली कांग्रेस र एमालेबिचको सत्ता समीकरण नमिलेकाले एमालेले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो। एमालेका संसदीय दलका नेता जेएन थपलियाले तत्काल राजीनामा दिने विषयमा अनिर्णय रहेको बताए। ‘हाम्रो त्यस्तो केही निर्णय भएको छैन। मन्त्रीहरूले राजीनामा पनि दिन सक्नुहुन्छ’, उनले भने, ‘अहिले तरलता रहेको छ।’ बागमतीमा एमालेका सातजना मन्त्री छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)