अब नेपाल टेलिकमको सिम घरमै, आजदेखि हुलाकमार्फत डेलिभरी सुरु
ictsamachar.com

काठमाडौं । नेपाल टेलिकमका ग्राहकले अब सिमकार्ड लिन कार्यालय पुग्नुपर्ने बाध्यता हटेको छ । आज साउन गतेदेखि टेलिकमले हुलाक सेवा विभागसँगको सहकार्यमा सिमकार्ड तथा अन्य आवश्यक सामाग्री घरमै पुर्याउने सेवा सुरु गरेको हो ।
यससँगै सेवाग्राहीले आवश्यक परे टेलिकमका सिमकार्ड, आधिकारिक कागजात तथा अन्य सेवा सम्बन्धी सामाग्री हुलाकमार्फत आफ्नै ठेगानामा मगाउन सक्नेछन् । यो सेवा देशभर विस्तार गर्ने लक्ष्यका साथ कार्यान्वयनमा ल्याइएको टेलिकमले जनाएको छ ।
Read full story at source (ictsamachar.com)