चाबहिल–गौशाला ट्राफिक जाम हटाउन ६५ अर्बको डबल डेकर भूमिगत सुरुङमार्ग प्रस्ताव, जाइकाको नयाँ मास्टर प्लानमा समावेश
aarthiknews.com

काठमाडौं । काठमाडौं उपत्यकाको सबैभन्दा बढी सवारी चाप हुने चाबहिल–गौशाला सडक खण्डको दीर्घकालीन ट्राफिक समस्या समाधान गर्न पशुपति क्षेत्रमुनि नेपालकै पहिलो दुई तले (डबल डेकर) भूमिगत सुरुङमार्ग निर्माण गर्ने प्रस्ताव अघि सारिएको छ। यो महत्त्वाकाङ्क्षी आयोजना जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तयार गरिरहेको काठमाडौं उपत्यकाको नयाँ सहरी यातायात गुरुयोजना (अर्बन ट्रान्सपोर्ट मास्टर प्लान) मा समावेश गरिएको हो।
प्रारम्भिक अध्ययनअनुसार सुरुङमार्ग निर्माणका लागि करिब ६५ अर्ब नेपाली रुपैयाँ (६८.५ अर्ब जापानी येन) लागत लाग्ने अनुमान गरिएको छ। जाइकाले तीव्र सहरीकरण, बढ्दो जनसंख्या तथा दैनिक रूपमा बढ्दै गएको सवारी साधनको चापलाई मध्यनजर गर्दै यस्तो पूर्वाधार आवश्यक रहेको निष्कर्ष निकालेको हो।
Read full story at source (aarthiknews.com)