धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा
ratopati.com · Sat Aug 29 09:03:57 GMT 2026

काठमाडौँ । बुधबार चीनतर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको सदरमुकाम धादिङबेसी जाने मुख्य सडक अवरुद्ध भएपछि अहिले वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ । वैकल्पिक सडक सञ्चालनमा आएसँगै धादिङबेसी पुनः सडक सञ्जालमा जोडिएको हो ।
बुधबार एक्कासि चीनतर्फबाट भोटेकोशी नदी हुँदै त्रिशूलीमा ठुलो बाढी आएको थियो । उक्त बाढीले क्षति पुर्याउँदा धादिङ सदरमुकाम जाने बाटो पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका थिए भने अत्यावश्यक सामग्री बोकेका मालवाहक सवारी साधनहरू बिच बाटोमै रोकिन बाध्य भएका थिए ।
Read full story at source (ratopati.com)