‘विपद् व्यवस्थापनमा तीन तहबिच सहकार्य र सूचना सम्प्रेषण चुस्त हुन सकेन, कमजोरीबाट पाठ सिक्नुपर्छ’
ratopati.com · Sat Aug 29 09:00:40 GMT 2026

बाढीपहिरो र जलविद्युत् आयोजनामा आएको विपत्तिपछि मैदानमा प्रदेश सरकारको उपस्थिति नदेखिएको र तीन तहका सरकारबिच समन्वयको चरम अभाव रहेको भन्दै तीव्र आलोचना भइरहेका बेला बागमती प्रदेश सरकारले कार्यविभाजन, सूचना सम्प्रेषण र अन्तरसरकारी सहकार्यमा कमजोरी भएको स्वीकार गरेको छ।
न्युज एजेन्सी नेपालसँगको विशेष कुराकानीमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विपद्को आकार अकल्पनीय रूपमा ठुलो भएका कारण राज्यको मौजुदा स्रोत र प्रयास नागरिकको अपेक्षाअगाडि अपुग देखिएको बताए । विपद्मा सबै निकायले आ-आफ्नो ढङ्गले काम गरे पनि राज्यका तीन तहबिच हुनुपर्ने एकीकृत कमान्ड, कार्यविभाजन र एकद्वार सूचना संयन्त्र चुस्त हुन नसक्दा जनतामा समन्वय अभावको गलत सन्देश गएको उनको भनाइ छ।
Read full story at source (ratopati.com)