ईयूले गर्यो २० लाख युरो मानवीय सहायताको घोषणा
hamrakura.com · Sat Aug 29 00:00:00 GMT 2026

काठमाडौँ । युरोपेली सङ्घ (ईयू) ले नेपालमा अकस्मात् आएको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ।
ईयूले आज एक विज्ञप्ति जारी गर्दै आपत्कालीन अवस्थामा सहायतास्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाइलगायतका तत्कालीन आवश्यकताहरू पूरा गर्न उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो। ईयूबाट सहयोग प्राप्त साझेदार संस्थाहरूले पनि प्रभावित क्षेत्रमा राहत सामाग्री उपलब्ध गराउन थालिसकेका छन्। विज्ञप्तिमा भनिएको छ कि उक्त सहायता यस वर्षको सुरुआतमा नेपालमा विपद् पूर्वतयारीका लागि विनियोजन गरिएको करिब ३० लाख युरो मानवीय सहायताको अतिरिक्त हो।
Read full story at source (hamrakura.com)