दुर्गेश थापा र प्रियंका कार्कीको नयाँ गीत ‘मास्टर्नी’ विवादमा, शिक्षक महासंघले जनायो आपति
annapurnapost.com · Fri Jul 17 05:19:34 GMT 2026

काठमाडौं : गायक दुर्गेश थापा र बबिना किरातीको नयाँ गीत ‘मास्टर्नी’ बजारमा आउना साथ विवादमा तानिएको छ । गीतमा प्रयोग गरिएको दुईअर्थी शब्द र प्रस्तुतीलाई लिएर यो गीत विवादमा परेको हो । नेपाल शिक्षक महासंघले विज्ञप्ती नै निकालेर गीतप्रति आपति जनाएको छ । अभिनेत्री प्रियंका कार्की र दुर्गेश थापाको अभिनय रहेको यस गीतलाई ‘कला’ नभई ‘भद्दा व्यवसाय’ को संज्ञा दिँदै अहिले टिका टिप्पणीहरु भइरहेका छन् ।
नेपाल शिक्षक महासंघले आउँदो भदौं ५ गते प्रदर्शन हुने भन्दै प्रचार गरिएको मास्टनी चलचित्रको उक्त गीतको शब्द र प्रस्तुती शैलीप्रति आफूहरुको ध्यानाकषर्ण भएको विज्ञप्तीमार्फत जनाएको छ । महासंघका महासचिव तुलबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक विज्ञप्ती जारी गर्दै महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको उक्त गीतले शिक्षक र शिक्षण पेसाको गरिमा र मर्यादामाथि गम्भीर प्रहार गरिएको बताइएको छ । विज्ञप्तीमा उक्त गीतलाई तत्काल बन्द गर्दै चलचित्रमा प्रयोग नगर्न समेत महासंघले आग्रह गरेको छ । गीतले निरन्तरता पाएमा त्यसबाट उत्पन्न हुन सक्ने परिणामप्रति चलचित्र निर्माता र सम्बन्धित कलाकार जिम्मेवार हुनुपर्ने समेत महासंघको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
Read full story at source (annapurnapost.com)