नेपालको एआई यात्रा: एप डाउनलोड गर्ने कि डिजिटल सार्वभौमसत्ता निर्माण गर्ने ?
techpana.com · Sat Aug 29 09:04:32 GMT 2026

कुनै समय घरमा टेलिफोन जडान हुनु नै ठुलो उपलब्धि मानिन्थ्यो । एउटा फोनका लागि वर्षौं कुर्नुपर्थ्यो र छिमेकीको घरमा फोन आयो भने गाउँभरिका मानिस त्यहीँबाट खबर गर्थे । त्यसपछि मोबाइल आयो र हामीले ‘फोन गर्ने ठाउँ’ खोज्न छोडेर फोनलाई नै आफ्नो साथमा बोक्न थाल्यौँ । इन्टरनेट आएपछि सूचना खोज्न पुस्तकालय धाउनुपर्ने बाध्यता घट्यो ।
सामाजिक सञ्जाल आयो, समाचार हेर्ने मात्र होइन, आफैँ समाचारको स्रोत बन्ने अवस्था आयो । सुरुमा हरेक नयाँ प्रविधिले पुरानो रोजगारी र जीवनशैली विस्थापित गर्छ कि भन्ने डर जन्माएपनि समयसँगै ती प्रविधिले नयाँ काम, नयाँ सीप र नयाँ सम्भावनाका ढोका पनि खोल्दै गए । आज आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई हाम्रो घरको ढोकामा मात्र होइन, हातको मोबाइलभित्रै आइपुगेको छ ।
Read full story at source (techpana.com)