सरकारले करार कर्मचारी व्यवस्थापनका लागि नयाँ मापदण्ड लागू गर्ने
shilapatra.com · Fri Jul 17 05:50:00 GMT 2026

सरकारले स्वीकृत दरबन्दीमा करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट कटौती हुने दरबन्दीमा कार्यरत करार कर्मचारीको व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयलाई पठाएको पत्रअनुसार यसअघि सरकारी सेवाबाट अवकाश लिई उपदान वा निवृत्तिभरण प्राप्त गरिरहेका करार कर्मचारीलाई आजदेखि सेवा निरन्तरता नदिई बिदाइ गरिने भएको छ ।
Read full story at source (shilapatra.com)