पुष्टकारी बेचेर पढेको बालकले अन्ततः ग¥यो विद्यावारिधि
newsofnepal.com · Fri Jul 17 06:17:49 GMT 2026

हेटौंडा । मकवानपुरगढी गाउँपालिका–३, मक्राञ्चुलीको एउटा सामान्य घर । आर्थिकरुपमा कमजोर परिवार । बिहान खेतबारीको काम, दिउँसो विद्यालय र साँझ भोलिको खर्च कसरी जुटाउने भन्ने चिन्ता । यही परिवेशमा जन्मिएका दीपक अधिकारीले जीवनयात्रा शुरु गरेका थिए । तर, आज उनै दीपक अधिकारी पीएचडी उपाधि हासिल गरेर गाउँका युवाहरुका लागि प्रेरणाका स्रोत बनेका छन् ।
२०४० भदौ १४ गते जन्मिएका दीपकको परिवारको आर्थिक अवस्था कमजोर थियो । तर अभावले उनको पढ्ने इच्छालाई कहिल्यै कमजोर बनाउन सकेन । उनको प्रारम्भिक शिक्षा तत्कालीन मकवानपुरगढी गाविस–५ स्थित सरस्वती प्राविमा भयो । त्यसपछि भानु माध्यमिक विद्यालयमा कक्षा–६ देखि भर्ना भए र एसएलसी त्यहीँबाट दिए । उनी हरेक कक्षामा प्रथम भए ।
Read full story at source (newsofnepal.com)