आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु
ratopati.com · Fri Jul 17 06:23:32 GMT 2026

काठमाडौँ । आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु भएको छ । डेंगु जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन, भदौ र असोजलाई डेंगु सचेतना अभियान सञ्चालन गर्न थालेको हो ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै गाउँपालिका र नगरपालिकाहरूलाई ‘डेंगु सचेतना तीन महिने अभियान’ सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले साउन, भदौ र असोज महिनाभर डेंगु रोगको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न चेतनामूलक कार्यक्रमहरू गर्न अनुरोध गरेको छ ।
Read full story at source (ratopati.com)