हिमालय एयरलाइन्सले काठमाडौं–शेन्जेन सिधा उडान सुरु गर्दै
kendrabindu.com · Tue Jun 02 01:10:02 GMT 2026

काठमाडौं । नेपालबाटअन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग काठमाडौंलाई हवाई सेवामार्फत जोड्ने भएको छ ।
कम्पनीले यही जेठ २१ गतेदेखि काठमाडौं–शेन्जेन–काठमाडौं सिधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो । नयाँ उडान सेवाअन्तर्गत काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन अन्तरराष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई उडान सञ्चालन गरिनेछ । कम्पनीका अनुसार काठमाडौंबाट शेन्जेनका लागि उडान प्रत्येक मङ्गलबार र बिहीबार हुनेछ भने शेन्जेनबाट काठमाडौं फर्कने उडान बुधबार र शुक्रबार सञ्चालन हुनेछ ।
Read full story at source (kendrabindu.com)