विपद् प्रतिकार्यमा तीन जिल्लामा कर्मचारी परिचालन
gorkhapatraonline.com · Sat Aug 29 09:10:58 GMT 2026

बागमती प्रदेश सरकारले विपद् प्रतिकार्यका जिम्मेवारीसहित कर्मचारी खटाएको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिको उद्धार, राहत, पुनस्थापनालगायतका विपद् प्रतिकार्यका कामका लागि कर्मचारीहरू परिचालन गरेको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक, प्रमुख जिल्ला अधिकारीको निर्देशन र समन्वयमा कार्य गर्ने गरी कर्मचारीहरूलाई अर्को व्यवस्था नभएसम्मका लागि खटाइएको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव गोविन्द पुरीले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)